Comments Add Comment

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा नपस्न र वृक्षरोपण नगर्न उच्च अदालतको आदेश

१२ साउन , काठमाडौ । उच्च अदालत विराटनगरले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको हो ।

अघिल्लो शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षरोपण गरेका थिए ।

रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको जग्गामा गएर वृक्षरोपण गर्न थालेपछि जग्गाधनी वृक्षरोपण स्थलमा आएकी थिइन् । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै मेयर साम्पाङले अभियन्तासहित वृक्षरोपण गरेका थिए ।
आफूले भोगचलन गरिरहेको जग्गा कब्जा गरी वृक्षरोपण गरेपछि अधिकारी उच्च अदालत गएकी थिइन् । उनले दिएको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश राईको इजलासले यसमा के कसो भएको हो, निवेदकको मागबमोजिम आदेश किन जारी नहुनु पर्ने हो बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा हाजिर हुन धरानका मेयर हर्क साम्पाङलाई आदेश दिएको छ ।

अधिकारीले धरान उपमहानगरपालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment