२९ भदौ ,काठमाडौ । धरानका मेयर हर्क साम्पाङले आफूलाई असहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।
उनले पत्रमा स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने र ढुङ्गा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने स्थानीय शान्ति सुरक्षा खासै काम नगर्ने उल्लेख गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ गरिएको पत्रमा मल्ल सार्वजनिक जग्गा अतिक्रमण, तस्करको अतिक्रमण रोक्न समयमा नआएको उल्लेख छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफूले पनि सरुवा गरिदिन भन्दै पत्र पठाएको जानकारी पाएको बताइन् । उनले भनिन्, ‘हामीले पनि डिएसपी सरुवा गरिदिनु भन्दै पत्र पठाएको जानकारी पाएका छौं ।’




