Comments Add Comment

मध्यरातमा पैसा बाँड्दै गर्दा एमालेका उम्मेदवार पक्राउ

बैशाख २९,सुर्खेत । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्यरातमा मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार विसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।

‘नगदसहित पक्राउ परेका वडाध्यक्षका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका छौं,’ एसपी विष्टले भने, ‘१० बजेपछि निर्वाचन कार्यालयको जिम्मा लगाउँछौं ।’

प्रहरीले पक्राउ गर्नु अघिसम्म आँपसोतीका केही घरमा वडाध्यक्षका उम्मेदवार विसीले पैसा वितरण गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै