Comments Add Comment

Advertisment

SKIP THIS

म सेवा गर्न आएको हुँ , राज गर्न होइन : डीएसपी मल्ल

२ भदौ , काठमाडौ । इलाका प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा भएर आएका डीएसपी पुष्प मल्लले आफू एक इमानदारी प्रहरी भएर नागरिकको सेवामा खटिने बताए ।

बुधबार इप्रका तुलसीपुरमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले कसैलाई पनि वायस नगरी सेवा प्रवाहमा तल्लिन रहने बताए ।‘ म यहाँ राज गर्न आएको हैन प्रहरी भएर सेवा गर्न आएको हुँ,’ उनले, ‘ एउटा असल प्रहरी प्रहरी जस्तै भएर काम गर्नु पर्छ, तब मात्रै समाजमा शान्ति कायम गर्न सम्भव हुन्छ ।’

त्यस्तै उनले काम गर्ने क्रममा आफू र आफू मातहतका कुनैपनि प्रहरी वा अधिकारीबाट गल्ति भए तुरुन्तै खबर दिएर सच्याउन अवसर दिन पनि आग्रह गरे । उनले भने, ‘एक पटकलाई सच्याउन र सुधार्न मिल्ने कुराहरू भए अवसर दिनुहोला । नमिल्ने खाले गल्ति भए नभन्नु होला, स्वत कानुन आकर्षित भइहाल्छ ।’ उनले मुख्य गरि तीन विशेषमा ध्यान केन्द्रित गरेर काम गर्ने पनि बताए । उनले समाजिक अपराध न्यूनिकरण, महिला तथा बालबालिका माथि हुने हिंसा र लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न रात दिन नभनी खटिने पनि उल्लेख गरे ।

उनले कुनै पनि नागरिक बर्दी बिनाको प्रहरी हुने भन्दै एउटा जिम्मेवार नागरिकले समाजमा भएका र हुने सम्भावना रहेका घटनाबारे समयमै प्रहरीलाई सूचना दिएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले भने,‘ एउटा मात्रै ज्यान जोगाउन सकियो भने ठूलो कुरा हो रु विषादी सेवनबाट हुने लगायतका आत्महत्या न्यूनिकरणमा समाजसँगै मिलेर काम गर्न तयार छु । महिला र बालबालिका माथि हुने हिंसा विरुद्ध प्रहरी खरो उत्रने छ । ’

त्यस्तै तुलसीपुर क्षेत्र लागू औषधको पनि ट्रान्जिट प्वाइन्ट बनाउन खोजिएको भन्दै उनले त्यस विरुद्ध काम गर्ने बताए । उनले तुलसीपुरमा भारतबाट प्रशोधित भएको लागू पदार्थ आउने र आसपासका पहाडी क्षेत्रमा प्राकृतिक रुपमा पाइने कच्चा पदार्थ भारत सप्लाइ हुने भन्दै आफ्नो प्रयास त्यस्ता गैर कानुनी र समाजलाई कुलतमा फसाउनेहरू विरुद्ध केन्द्रित हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment