Comments Add Comment

Advertisment

SKIP THIS

पोखरीमा नुहाउने क्रममा बेपता भएका युवकको शव फेला

२३ साउन , काठमाडौ । पोखरीमा नुहाउने क्रममा बेपता भएका युवकको शव भेटिएको छ ।

शुक्रबार पोखरीमा नुहाउने क्रममा बेपता भएको युवकको शव आज बिहान जनकपुरधामको धनुष सागरमा फेला परेको हो ।

जनकपुरधामकै कटैया चौरी घर भएका अन्दाजी ३५ वर्षीय सन्तोष सहनीको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाशराणा भाटले जानकारी दिए ।

उनका अनुसार युवक बेपत्ता भएको कुरा जानकारी पाएलगत्तै सुरक्षाकर्मीले पोखरीमा डुंगाको सहायताले खोजतलास गरेको थियो ।

शवलाई पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै