Comments Add Comment

Advertisment

SKIP THIS

जब बेसिन लिएर एलन मस्क ट्वीटर हेडक्वाटर पुगे !

१० कार्तिक , काठमाडौ । टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलन मस्क ४४ अर्ब डलरमा ट्वीटर खरिदको सम्झौता गर्ने तयारीमा छन् । ट्वीटर खरिद गर्ने अन्तिम दिन नजिकिँदै गर्दा मस्क सान फ्रान्सिस्कोस्थित ट्वीटरको मुख्यालयमा पुगेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नौ सेकेन्डको भिडिओ अपलोड गरेका छन् । जसमा उनी प्रोसेलिन सिङ्क ९बेसिन० लिएर त्यहाँ पुगेको देखिन्छन् । उनले ट्वीटरमा लेखेका छन्, ट्वीटरको मुख्यालयमा प्रवेश गर्दै, यसलाई भित्र डुब्न दिनुहोस् ।

ट्वीटर र मस्कबीचको सम्झौताको विवाद यतिखेर अदालतमा विचाराधीन अवस्थामा छ । उनीहरूबीचको असमझदारी शुक्रबार टुङ्गोमा पुग्न सक्ने अपेक्षा गरिएको छ । ट्वीटरका कर्मचारीका अनुसार मस्कले यस हप्ता सामाजिक सञ्जाल कम्पनीका विभिन्न बैठकहरूमा सहभागी हुनेछन् ।

उनले शुक्रबार ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । केही समयअघि आफ्नो ट्वीटरको बायोमा ुपर्फ्युम सेल्सम्यानु राखेका मस्कले अहिले चिफ ट्वीट अर्थात् ट्वीटरको प्रमुख राखेका छन् भने आफ्नो लोकेसन पनि ट्वीटर हेडक्वार राखेका छन् ।

मस्कले ट्वीटर खरिदको विषयलाई यसरी देखाइरहँदा ट्वीटरका प्रवक्ताले भने यसबारे केही जानकारी दिएका छैनन् । मस्कको ट्वीटर मुख्यालय भ्रमण, उनले ट्वीटर ह्याण्डलमा गरेका परिवर्तनलाई हेर्न हो भने उनी उक्त प्लेटफर्म खरिदको नजिक पुगेको अनुमान लगाउन सकिन्छ ।

यो सङ्केतले मस्क ट्वीटर खरिदको निकै नजिक रहेको अपेक्षा गरिए पनि त्यो पूर्ण नहुन सक्छ । गत अप्रिलमा पनि मस्कले ट्वीटर खरीद गर्ने विषयमा सर्वसाधारणलाई यसरी नै विश्वस्त बनाएका थिए । पछि ट्वीटरमा बटको सङ्ख्या पारदर्शी नभएको भन्दै उनी पछि हटेका थिए ।

त्यसपछि ट्वीटरले यही विषयलाई लिएर मस्क विरुद्ध अदालतमा मुद्दा हालेको थियो । जसको सुनवाई भोलि शुक्रबार हुँदैछ । अहिले भने मस्कले आफ्नो निर्णयबाट पछि हट्दै पुनः ट्वीटर खरिद गर्न अघि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै