Comments Add Comment

Advertisment

SKIP THIS

विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित छ जना पक्राउ

१२ असार , काठमाडौं । भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्राम सहित सोही नगरपालिका-७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा किशनलाई नगद १० हजार ३० रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बुढीगंगा गाउँपालिका-६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजा सहित सुन्दर हरैँचा नगरपालिका-३ बस्ने ४५ वर्षीय नेत्र भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.१४ प ८९६० नम्बरको मोटरसाइकलमा सवार उनले झोलामा १/१ किलोग्रामका ८ पोका गाँजा लुकाई ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा १ पोका ब्राउन सुगर फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गर्दा उक्त लागूऔषध र नगद ८ हजार १ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

अवैध लागूऔषध सहित छ जना पक्राउ

अवैध लागूऔषध सहित छ जना पक्राउ

गहना लुटपाटमा संलग्न छ जना पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै