Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषधसहित २१ र २२ वर्षीय युवती पक्राउ

१ असार , काठमाडौं । लागुऔषधसहित प्रहरीले २१ र २२ वर्षका दुई युवतीलाई पक्राउ गरेको छ । मंगलबार साँझ तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्ष २२ की सुजा गुरुङ र नवलपरासी भएकी वर्ष २१ की रिस्पा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले लागु औषधको कारोबार गरिरहेका सूचनाका आधारमा प्रहरी उनीहरुको डेरामा खानतलासीका लागि पुगेको थियो । उनीहरुको साथबाट डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा २११ एम्पुल लागु औषध बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई बुधबार तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरेहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment