Comments Add Comment

Advertisment

SKIP THIS

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित युवती पक्राउ

३० चैत, काठमाडौ । प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाट ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी छिन् । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । आरोपीबारे ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ ।

अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन् । लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment