२९ भाद्र , काठमाडौ । झापामा एक युवकको छुरा प्रहारबाट हत्या गरिएको छ ।

जिल्लाको अर्जुनधारा नगरपालिका ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रवार साँझ १९ बर्षीया मनीषा लोहारको हत्या गरिएको हो ।

सूर्योदय नगरपालिका १० फिक्कल घर भई हाल उनी बिर्तामोडमा रहँदै आएकी थिइन् । कैलाली गौरीगङ्गा नगरपालिका ३ बस्ने २० बर्षीय अनिल विकले युवतीलाई छुरा प्रहार गरेका थिए ।

उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी युवतीको प्रेमि रहेको खुलेको छ । छुरा प्रहार गर्ने अनिललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।