Comments Add Comment

Advertisment

SKIP THIS

झापाको बिर्तासिटी अस्पतालबाट हत्कडीसहित थुनुवा फरार

५ भदौ , काठमाडौ । इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन्।

लागूऔषध मुद्दाका थुनुवा २५ वर्षीय विशाल राई हत्कडीसहित फरार भएका हुन्। हिरासतमा रहेका राईलाई पेट दुखेर बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो। अस्पतालमा भर्ना भएका राई बेडबाटै फरार भएका हुन् ।

राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए।

गत भदौ २ गते बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।

त्यसपछि उनलाई झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment