२७ मंसिर, काठमाडौ । झापाबाट ६ जना जुवाडे पक्राउ परेका छन् । दमक नगरपालिका-५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जना नगद सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका-५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका-१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका-५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक-५ की ३४ बर्षीया कमला राई, दमक-५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका-३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् ।
हिजो राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु। ४० हजार र ३ बुङ तास सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले बताएको छ ।






