Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

३ असार , काठमाडौँ । पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि प्रतियोगिता हुने भएको हो ।

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दूरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा पहिलो हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै