५ असार , काठमाडौँ । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।
टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने उनीहरूबीच एकापसमा झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


