Comments Add Comment

Advertisment

SKIP THIS

महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित मानिस पक्राउ

२६ जेठ, काठमाडौ ।  काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन शिबमन्दिर नजिक लागुऔषध सेवन तथा बिक्रि बितरण भई रहेको छ ।

प्राप्त गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपन बाट प्रहरी टोली खटि गई ३ जना मानिसहरुलाई फेला परिएको हो ।

निजहरुको शरिर तथा निजहरु बस्ने घर कोठामा खानतलासी गर्दा DIAZEPAM थान २७ ,PHENERGAN थान ५९ ,NOOPHIN थान ३२ गरी जम्मा ११८ थान तथा लागुऔषध बिक्रिबितरणको लागी प्रयोग हुने ठुलो सानो गरी रबर ३५० ग्राम र प्रयोग भई सकेको DIAZEPAM, PHENERGAN NOOPHIN को खाली एम्पुल जम्मा थान १२९ सहित फेला पारि आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment