Comments Add Comment

Advertisment

SKIP THIS

इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाको नव निर्मित भवन उदघाटन

झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ ।१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले रिवन काटेर शीलालेख अनावरण गदैं नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनु पर्ने बिषयमा जोड दिनु भयो ।

२०७५ साल चैत १९ गते मंगलबार १ नम्बर प्रदेश सरकारका तात्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले भवनको शिलान्यास गर्नुभएको थियो । सुविधा सम्पन्न अढाई तले र २२ कोठे पक्की भवनको निर्माणका याक्थुङ्गहाङ एस.ए.एस. पुस्कर जे.भी निर्माण कम्पनिसँग ठेक्का सम्झौता भएको थियो ।

२०७६ बैशाख २ गते सम्झौता भएर २०७७ वैशाख १९ गते निर्माण कार्य सम्पन्न गर्ने उल्लेख भएपनि विविध कारण समयमै भवन निर्माण सम्पन्न हुन नसकेको उद्घाटनका क्रममा प्राविधिक प्रहरी उपरीक्षक इञ्जिनियर अनिल राणाले भवनको प्राविधिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बताउनुभयो ।

नोवल कोराना भाईरस कोभिड १९ को संक्रमणका कारण निर्माणमा समस्या देखिएको भन्दैं थप ६ महिनाको समय अवधि थप गरिएको थियो । थप गरिएको समय वितिसक्दा सम्म भवन पूर्णरुपमा निर्माण भईसकेको थिएन् । समयमै नयाँ भवन निर्माण नभएपछि पुरानो भवनबाटै दैनिक कार्य सम्पादन गर्न प्रहरी बाँध्य थियो । अहिले भने त्यो बाँध्यबाट प्रहरीले मुक्त पाएको छ । जीर्ण भवनबाट काम गर्नुपर्दा जोखिम मोल्नुका साथै दैनिक कार्य सम्पादनमा समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

उद्घाटनका क्रममा मन्त्री कार्कीले काँकरभिट्टा नाका टेक्ने वित्तिकै अपराधिले खुट्टा कमाउनुपर्ने र सर्वसाधारणले अब सुरक्षित स्थान आइपुगे भनेर खुशीले गदगद हुँदै छाती फुलाउनुपर्ने भन्दैं यसतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाका भएको मन्त्री कार्कीको भनाई थियो । नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु यस सुरक्षाकर्मिको कार्यालयको मुख्यः दायित्व र जिम्मेवारी रहेको मन्त्री कार्कीले स्पष्ट पार्नुभयो ।

अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पादैं उहाँले अवैधरुपमा भित्रिने अन्य वस्तुले देशको अर्थतन्त्र र राजस्वमा असर पुर्याउने तर, लागूऔषले समाज देश नै ध्वाँस पार्ने स्पष्ट पार्नुभयो । जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको एउटा प्रहरी असुरक्षित भयो भने संयौं नागरिकले सुरक्षा पाउन नसक्ने भन्दैं हरेक नागरिकले सुरक्षितरुपमा जीवनयापन गर्नका प्रहरी सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रहरी असुरक्षित भयो भने सर्वसाधारणले सुरक्षा पाउनु भनेर आश गर्नु दिवा स्वप्ना हुने मन्त्री कार्कीको तर्क थियो ।

सुरक्षाकर्मी सुरक्षित भए मात्र सर्वसाधारणले सुरक्षा प्राप्त गर्न सक्ने भएकाले प्रहरीको गास, वास र कपासको सुरक्षाकालागि हामी सवै लाग्नुपर्ने उहाँको तर्क थियो । ‘ कसैले दाल चिनि र चामल अबैधरुपमा अयात गर्दा यसले खासै ठूलो नोक्शानी राज्यले व्यहोर्नु पर्दैन्’ मन्त्री कार्कीले भन्नुभयो —‘तर, थोरै मात्रामा भित्रिएको लागुऔषधले हाम्रो समाज, परिवार र देशनै खत्तम पारिदिन्छ । झापाको नाकाबाट काठमाण्डौं पुगेको ब्राउन सुगरले देश र भावी पुस्तानै सखाप पार्छ । ’

प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महत्तोले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले मेचीनगर नगरपालिकाका १ देखि ८ नम्बर वडाहरु, यस कार्यालयको प्रत्यक्ष जिम्मेवारी क्षेत्र रहेको बताउँदैं मेचीनगर नगरपालिकाका ९ देखि १५ नम्बर वडा, बुद्घ शान्ति गाउँपालिकाका सम्पूर्ण वडाहरु इलाका प्रहरी कार्यालय धुलावारीको प्रत्यक्ष जिम्मेवारी क्षेत्र रहेको स्पष्ट पानुभयो ।

प्रहरी उपरीक्षक पोखरेलले मेचीनगरको पुरुष ६४ हजार ४ सय १० महिला ६७ हजार १ सय १० गरी कुल १ लाख ३१ हजार ५ सय २० जना र बुद्घ शान्ति गाउँपालिको पुरुष २५ हजार २ सय ७६ र महिला २७ हजार ६ सय ३५ गरी कुल ५२ हजार ९ सय ११ जना गर्दा दुई पालिकाको कुल जनसंख्या १ लाख ८४ हजार ४ सय ३१ जनालाई यस कार्यालयले सुरक्षा प्रदान गर्नुपर्ने स्पष्ट पार्नुभयो । कार्यालयमा प्रहरी दरबन्दी भने २ सय १० मात्र छ ।यस कार्यालयमा सक्रिय प्रहरीलाई यो जनसंख्या भाग लगाउँदा एकजना प्रहरीको भागमा ८ सय ७८ जना पर्दछ, अथवा एकजना प्रहरीले ८ सय ७८ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था छ । आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आफू मातहत रहने इलाका प्रहरी कार्यालय धुलावारी, बुधबारे, सीमा प्रहरी चौकी नकलबन्दा, प्रहरी चौकी बाहुनडाँगी, तिरीङ्ग, चारआली, ज्यामिरगढी, अस्थायी प्रहरी चौकी सतिघट्टा, इटाभट्टा र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा कार्य बिभागको स्थापना गरेको उहाँको भनाई छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका ज्यूदौँ इतिहास ८६ वर्षीय पूर्व प्रहरी हवाल्दार वृखबहादुर गुरुङ्गलाई सम्मान गरिएको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले दोसल्ला र प्रमुख अतिथि मन्त्री कार्कीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।सोही अवसरमा पूर्व प्रहरीका विभिन्न पदका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले अहिले पनि यस कार्यालयमा निक्कै काम बाँकी रहेकाले यसलाई पूर्णता गरिदिन मन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा आर्याल, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि सरकारी र गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत सर्वसाधारणको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै