काठमाडौं – इजरायल पठाउने लोभ देखाएर मोटो रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल मंगलबार पक्राउ परेकी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट पक्राउ गरेको हो।
उनीमाथि वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पटकपटक गरी ४८ लाख रूपैयाँ ठगी गरेको आरोप छ।
वैदेशिक रोजगार विभागबाट पत्र प्राप्त भएपछि दाहाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको उनले बताए।







