हरिहर र नीतालाई भुवनले दिए यस्तो शुभकामना -
Comments Add Comment

हरिहर र नीतालाई भुवनले दिए यस्तो शुभकामना

२७ असार , काठमाडौं । गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

पार्टीमा पुगेका नायक भुवन केसीले भने हरिहर र नीतालाई रमाइलो शुभकामना दिए । बिहे लगत्तै उनले भने–‘नीता र हरिहरको जोडी एकदमै सुहाएको छ । अब, अनमोल केसी जस्तै छोरा पाउनु अनी यसै क्षेत्रमा ल्याउनु होला ।’ उनले यस्तो शुभकामना दिँदा उपस्थित हाँसेका थिए ।

भुवनले नीता र हरिहरको जोडी सुहाएको समेत बताए । नीता र हरिहरको बिहे पार्टीमा अभिनेता राजेश हमाल, नायिका निशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी, विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै