Comments Add Comment

शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : गिरिराजमणि पोखरेल

१९ जेठ , काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकका लागि अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए ।

‘शिक्षकका लागि अस्पताल बनाउनु विषय राम्रो हो,’ उनले भने, ‘अझ भएका अस्पतालको गुणस्तर सुधारेर सबैलाई सोही अस्पतालबाट सेवा दिन पनि सकिन्छ ।’ बजेटमा समेटिएको बिमाको विषयमा पुनारावलोकन गर्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै