१८ असार ,काठमाडौ । दाङ प्रहरीले १३ वटा चोरिका मोटरसाइकिलसहित एक जना भारतिय नागरिकसहित ८ जनासहितको चोरि गिरोहलाई पक्राउ गरेर सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले आफू काममा बिश्वास गर्ने भन्दै बोल्ने भन्दा पनि काम गरेर देखाउने बताउनु भयो । मोटरसाइकिल चोरी भएर नागरिक पिडित भएको गुनासो जिल्लामा आउनासाथ आफुले यो कुरालाइ गम्भिरतापुर्बक लिइ अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई यो सफलला मिलेको र नागरिकमा प्रहरीप्रती अझै बिश्वासको बाताबरण सिर्जना गर्न यस्ता कामले सहयोगि भुमिका खेल्ने बताए ।

 

जिल्ला प्रहरी कार्यालय दाङबाट असइ युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरिको मोटरसाइकिलसहितको गिरोहलाई समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो । चोरीको मोटरसाइकिलको गिरोहमा ग्यारेजमा काम गर्ने पनि रहेको अनुसन्धानकोक्रममा खुलेको छ ।

चोरीका मोटरसाइकिलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।