Comments Add Comment

Advertisment

SKIP THIS

झापाको शिवसताक्षीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

१७ पुष , काठमाडौ । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६१ वर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।

आइतबार बिहान साढे २ बजे जंगली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी भण्डारी गम्भीर घाइते भएकी थिइन् । घाइते अवस्थाकी कृष्णमायालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीको आक्रमणबाट उनका श्रीमान शान्तिाराम पनि गम्भीर घाइते भएका छन् । रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आहाराका लागि जंगलबाट हात्ती गाउँ पसेका थिए । केही दिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ । एउटा छावासहित ४ वटाको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको स्थानीयको भनाइ छ ।

आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीया बताउँछन् । हात्तीले अन्य एक जना छिमेकीको समेत घर भत्काएको छ ।

जंगली हात्तीको समूह अहिले पनि शिवसताक्षी नगरपालिका ११ स्थित दूधे बजारमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक महेन्द्र खडकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment