Comments Add Comment

Advertisment

SKIP THIS

महिला साफ च्याम्पियनसिप – भुटानलाई ८ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा

३१ भाद्र , काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरेको हो ।

बंगलादेशलाई सानदार जित दिलाउनको लागि सविना खातुनको ह्याट्रिक गरे । जहान सोप्ना, कृष्णारानी सरकार, रितुपर्णा र मसुरा प्रभिना र टौरा खातुनले समान १-१ गोल गरेका थिए ।

सविना जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेकी थिइन्। उनले प्रतियोगितामा ८ गोल गरिसकेकी छन्।

यसअघि २०१६ मा बंगलादेशले फाइनलमा स्थान बनाउने क्रममा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो । तर फाइनलमा बंगलादेश भारतसँग ३-१ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै