कांग्रेसले एमालेको घोषणापत्र चोरेको अध्यक्ष ओलीको आरोप -
Comments Add Comment

कांग्रेसले एमालेको घोषणापत्र चोरेको अध्यक्ष ओलीको आरोप

१३ बैशाख , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले एमालेको घोषणापत्र चोरेको आरोप लगाएका छन् । मंगलबार मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसमाथि उक्त आरोप लगाएको हो ।

अध्यक्ष ओलीले कांग्रेस घोषणापत्र तयारी समितिका संयोजक एवं महामन्त्री गगन थापालाई ‘चोर विद्यार्र्थी’ भन्दै कटाक्ष पनि गरेका छन् । उनले भने, ‘एमालेको घोषणापत्रबाट चोर विद्यार्थीले चिट चोरेझै सारेको छ । उता हेरेर यता लेखेको छ। आँखा उता हात यता हुँदा छड्के अक्षर परेको छ ।’

ओलीले कांग्रेसको घोषणापत्र बनाउनेले सार्न पनि नजाने भन्दै गगनलाई कटाक्ष गरे । उनले भने, ‘तैपनि एउटा कुशल विद्यार्थीको चिट चोराई छैन। चिट चोर्न त कुशलता चाहिन्छ नि। चिट चोर्ने कुशलता पनि छैन । लद्धु विद्यार्थीको लद्दु चोराई छ। यस्तो छ नेपाली कांग्रेसको घोषणापत्र ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै