Comments Add Comment

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट

१६ माघ , काठमाडौ । परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने भएको छ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल बिहीबार श्रीलंका जान लागेकी हुन। उनको श्रीलंका भ्रमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वीकृत गरेको छ।

मंगलबारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोह आर्थिक संकटले टाट परेपछि बौतरिने क्रममा श्रीलंकाले यो विशेष समारोह आयोजना गरेको हो।

सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment