Comments Add Comment

Advertisment

SKIP THIS

सरकार निकम्पा : निर्मला हत्या प्रकरणका मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा प्रदर्शन

२५ साउन ,काठमाडौं । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएपछि रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको छ ।

निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै माइतीघरमा विरोघ प्रदर्शन गरिएको हो।

कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरे।

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको थियो ।

कुर्मीले साउन ९ गते बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment