Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्दै

२९ आषाढ ,काठमाडौ । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि माओवादी केन्द्रले पहिलो चरणमा शर्मा र भुसाललाई मन्त्री बनाउन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । माओवादीबाट सिफारिस भएका मन्त्रीलाई आजै सपथ ग्रहण गराइने भएको छ ।

शर्मालाई अर्थ र भुसाललाई उर्जा मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले बतायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment