१९ साउन , काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएको छ ।
उडेको केही समयमै विमानको लेफ्ट इञ्जिनबाट धुँवा निस्किएपछि विमान नेपालगञ्ज विमानस्थलमा फर्किएको छ । बिहान ९ : ४९ बजे उडेको विमानलाई नेपालगञ्जमै पूर्ण आपतकालिन अवतरण गराइएको छ ।
क्याप्टेन रितेश कर्णले उडाएकाे विमानमा ७९ जना यात्रु सवार थिए ।




