Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीको सफलता: डलर र युरो रकमसहित तीन जना भारतीय नागरिक पक्राउ

काठमाडौँ: नेपाल प्रहरीका एकदम अब्बल सक्षम र अपराध अनुसन्धानमा उत्कृष्ट काबिल अफिसर एसपी विश्वराज खड्काले जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे जिम्मेवारी सम्हालेसँगै विभिन्न अपराधमा संलग्न रहेका आरोपीहरू धमाधम पक्राउ पर्न थालेका छन्।

एसपी विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरीले आइतबार साँझ विशेष सूचनाको आधारमा स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रा सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक, र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई स्रोत नखुलेको विदेशी मुद्रासहित पक्राउ गरेको हो । प्रहरीले कुशवाहको साथबाट अमेरिकी डलर बाह्र हजार, पाठकको साथबाट चौध हजार युरो र माण्डावतको साथबाट बिस हजार अमेरिकी डलर बरामद गरेको थियो ।

एसपी विश्वराज खड्काका अनुसार बरामद भएको उक्त विदेशी मुद्राको नेपाली बजार मूल्य अनुसार बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपैयाँ रहेको छ ।

हेटौँडा–१ स्थित चौकी टोलको हेटौँडा–भैँसे सडक खण्डमा काठमाण्डौँबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०७६५ नं. को यात्रुवाहक इभि माइक्रो बसमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको विदेशी मुद्रा बरामद भएको हो ।

बरामद भएको स्रोत नखुलेको विदेशी मुद्रा सहित उनीहरूलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मीन भवन ललितपुर पठाउने तयारी भइरहेको एसपी खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै