Comments Add Comment

Advertisment

SKIP THIS

म्यादी प्रहरी हुन ललितपुरमा पहिलो दिन ४०३ जनाले दिए आवेदन

७ चैत , काठमाडौ । ललितपुरमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् ।

वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै झण्डै आधा संख्याका युवा युवतीले आवेदन बुझाएका हुन् ।

प्रहरी परिसर जावलाखेलका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा आइतबार बिहान १० बजेबाट फारम खुलेको थियो । ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment