Comments Add Comment

Advertisment

SKIP THIS

श्रम मन्त्रालयको ५ वर्षे रणनीतिक योजना तयार

२९ जेठ , काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । २०७९/०८० देखि ०८३/०८४ सम्म सम्पादन हुने क्रियाकलाप समेटेर योजना तयार गरिएको हो ।

मन्त्रालयबाट सम्पादन हुने क्रियाकलापको मार्गदर्शन गर्न र कामलाई नतिजामूलक बनाउन योजना तयार गरिएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बताए । ५ वर्षमा सम्पादन हुने क्रियाकलाप, आवश्यक लागत र सोबाट प्राप्त हुने अपेक्षित उपलब्धिको आकलन पनि रणनीतिक योजनामा गरिएको मन्त्री श्रेष्ठकाे भनाइ छ । ‘विभिन्न सरोकारवलासँग छलफल गरिसकिएको र प्राप्त सुझाव समेटेर रणनीतिलाई अन्तिम स्वरूप दिन्छौं,’ उनले भने ।

रणनीतिक योजनामा आन्तरिक रोजगारी प्रवर्दधन, वैदेशिक रोजगार व्यवस्थापन, श्रम सम्बन्ध तथा व्यवसायजन्य सुरक्षा, व्यवसायिक सीप विकास तालिम, योगदानमा आधारित सामाजिक सुरक्षा, सुशासन प्रवर्दधन तथा श्रम कूटनीति गरी ६ वटा स्तम्भ राखिएको छ । आन्तरिक रोजगारी प्रवर्दधनतर्फ न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने, उत्पादनशील रोजगारीको विस्तार गर्ने र एकीकृत रोजगार सेवा प्रवाह गर्ने उल्लेख छ ।

यस्तै वैदेशिक रोजगार व्यवस्थापनतर्फ वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने, अन्तराष्ट्रिय श्रम बजारमा रहेका सीपयुक्त रोजगारीका अवसरहरूको पहिचान गरी वैदेशिक रोजगारीलाई अधिकतम प्रतिफलयुक्त बनाउने, वैदेशिक रोजगारीबाट नेपाली कामदारले भित्र्याएको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गरी पुनःएकीकरणका कार्यक्रम सञ्चालन गर्ने, वैदेशिक रोजगारसँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय उपस्थिति जनाउने र वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको सुरक्षा र अधिकारको प्रत्याभूति गर्ने उल्लेख छ ।

यसैगरी ०८३/०८४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् बार्षिक ४ लाख रोजगारी सृजना गर्ने, द्धिपक्षीय श्रम सम्झौता भएका मुलुकको संख्या १९ पुर्याउने, ७ वटा सीप विकास तालिम प्रतिष्ठान स्थापना गर्ने उल्लेख छ । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या १० लाख पुर्याउने, विदेशस्थित कुटनीतिक नियोगबाट १२ वटा सेल्टर हाउस सञ्चालन गर्ने अपेक्षित उपलब्धिको आकलन रणनीतिक योजनामा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै