झापाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ -
Comments Add Comment

झापाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

९ माघ , काठमाडौ । झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds