Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेन आक्रमणमा बेलारुसले पनि रुसी सेनालाई सघाउन सेना पठाउने

१६ फागुन , काठमाडौं । युक्रेनमाथि आक्रमण जारी राखेको रुसी सेनालाई सघाउन बेलारुसले पनि युक्रेनमा आफ्नो सेना पठाउने तयारी गरेको छ।

द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारअनुसार यसअघि देखी नै रुसी सेनालाई सहयोग गरिरहेको बेलारुसले युक्रेनमा आफ्नो सैनिक नै रुसी सेनाको सहयोगमा परिचालन गर्ने तयारी थालेको हो।

बेलारुस शितयुद्धको अन्त्यपछि रुसको साझेदार देश हो र रुसी सेनाले बेलारुसबाटै युक्रेनमाथी उत्तरी सीमाबाट आक्रमण जारी राख्दै आएका छन्।

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुसी राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोसंग टेलिफोन वार्ता गर्दा बेलारुसले युक्रेन आक्रमणमा आफ्ना सैनिक परिचालन नगर्ने प्रतिबद्धता जनाएको समाचारहरू आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै