Comments Add Comment

Advertisment

SKIP THIS

२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने

२७ कात्तिक , काठमाडौ । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप फुटबल प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ ।

स्थानीय सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

प्रतियोगिता गत वर्ष कोरोनाका कारण स्थगित गरिए पनि यस वर्ष निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।’

फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रथम हुने टोलीलाई रू पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई रू तीन लाखसहित अन्य पुरस्कार पाउनेछन्। त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई रू ५०-५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु १५-१५ हजार प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै