२२ जेठ , काठमाडौं । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका वडा नम्बर–४ बसाहा घुम्तेली टोलका ४७ वर्षीय धनकुमार राईको करेन्ट लागेर मृत्यु भएको हो ।
सुत्ने कोठाको ढोका खोल्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा घाइते भएका राईको उपचारका क्रममा चौदण्डीगढी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



