Comments Add Comment

Advertisment

SKIP THIS

बुद्ध एयरले अब जनकपुरधाम र धनगढीबाट पोखरा सिधा उडान भर्ने

३ फागुन, काठमाण्डौं । बुद्ध एयरले अब जनकपुरधाम र धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने भएको छ । यसअघि अन्तरप्रदेश काठमाडौं, भरतपुर र भैरहवाबाट मात्रै पोखरा सिधा उडान भरिरहेको कम्पनीले अब जनकपुर र धनगढीबाट समेत उडान भर्न लागेको हो ।

मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी मार्च १ देखि थप दुई स्थानबाट पोखरा नियमित उडान भर्ने जनाएको छ । शुरुमा साताको ३ दिनमात्रै उडान तालिका बनाएको कम्पनीले यात्रुको माग अनुसार दैनिक बनाउने योजना समेत बनाएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार पोखरा उडान हुनेछ भने धनगढीबाट आईतबार, बुधबार र शुक्रबारको उडान हुनेछ । यस्तो उडानले मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशबाट पोखरा आउजाउ गर्न चाहनेहरुका लागि निकै सुविधा पुग्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment