२८ असार , काठमाडौ । नेकपा एमाले मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेलसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
एमाले परित्याग गरेका खरेललाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा प्रवेश गराएका हुन् । खरेलसहित दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताको सहभागिता थियो ।







