आकाशमा एउटा चम्किलो तारा
आफैमा जीवन बनेर चम्किरहे छ
बस्तीहरू खुशी साटासाट गर्छन्
ढुक्क छन् जीवन जीउने कुरामा
किनकी चम्किलो तारा आकाशमा
बस्तीको जीवन बनेर चम्किरहेछ।
बस्तीमा एउटा जीवनको उदय हुन्छ
बस्तीमा एउटा जीवनको अन्त हुन्छ
अनबरत छ बस्तीको अनन्त यात्रा
गतिशील छन् जीवनका यात्राहरू
किनकी चम्किलो तारा आकाशमा
बस्तीको जीवन बनेर चम्किरहेछ।
बस्ती भित्र जीउनुमा होडबाजी छ।
बस्तीमा आफु आफ्नैमा तोड छ।।
अबिरल छ जीवन यात्राको गति
अस्तित्व भित्रको यात्राको मात्रामा
कैयन् राजनितिक शास्त्र बनेका छन्।
सिद्धान्त बन्छन् आफैमा बिलिन छन्।
र पनि बस्तिमा जीवन निरन्तर छन
किनकी चम्किलो तारा आकाशमा
बस्तीको जीवन बनेर चम्किरहेछ।
बस्तीमा अनेकन् कथा ब्यथा छन्
कोही कथामा रून्छन् कोही हास्छन्
कैयौ आयामहरू छन् बस्तीको यात्रामा
सपना बिपना आफैमा हर स्वीकार्य छ
बिचार आफैमा आफ्नोमा विलुप्त छ
कुन्नि कता हो कता आफैमा बिभाजन छ
र पनि मजा छ जीवन जीउन बस्तिमा
किनकी चम्किलो तारा आकाशमा छ
वस्तीको जीउने आधार बनेर चम्किरहेछ।।
लेखन :दिनेश घिमिरे






