Comments Add Comment

Advertisment

SKIP THIS

‘ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता ‘

२९ असोज , काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई रोजगारी दिलाउने बताएका छन् ।

आज मन्त्री खाणले भैरहवामा आयोजित गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकोले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने उल्लेख गरेका हुन् ।

उनले भने, ‘विमानस्थल निमार्णका लागि पुस्तौली जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ, स्थानीयले जग्गा नदिएको भए विमानस्थल बन्न सम्भव थिएन ।’ गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलको रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै