Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु प्रहरीले बाईस हजार लिटर घरेलु अबैध मदिरा नष्ट

२५ माघ , काठमाडौं । काठमाडौंमा बालाजु प्रहरीले अबैध मदिरा नष्ट गरेको छ । काठमाडौ तार्केश्वर नगरपालिका मनमैजु मन्दिर क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा अबैध मदिरा नष्ट गरेको हो ।

बालाजु प्रहरी वृतबाट खटिएको प्रहरी टोलीले तार्केश्वर नगरपालिका वडा नम्वर ९ स्थित मनमैजु मन्दिर नजिकै घरेलु मदिरा उत्पादन हुन्छ भन्ने प्राप्त सूचनाको आधारमा खानतलासी गर्दा ७ हजार लिटर घरेलु मदिरा, त्यस्तै घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १५ हजार लिटर बरामद गरी नष्ट गरेकोछ । ७ वटा टिनको छाप्रोमा ७ वटा भट्टी बाट उत्पादन गरी काठमाडौंका विभिन्न शहरमा बेच्ने गरेको खुलेको छ । साना ठुला गरी २५० भन्दा बढी ड्रम , भट्टि चुलो र मदिरा बनाउन प्रयोग गरिने भाँडाकुडा एकसाथ नष्ट गरिएको हो ।

स्थानीय राजकुमार महर्जनको २ रोपनी जग्गा भाडामा लिएर रसुवा घर भएका ब्यक्तिहरुले संचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । उक्त भट्टिका संचालकहरु भने अहिले फरार रहेको र खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त स्थान बाट मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ तथा भाँडाकुडा बरामद गरेको हो । साथै उक्त मदिरा बनाउने स्थल बाट कच्चापदार्थ सङ्गै जुत्ता, मोजा,जनावरका सडेगलेका हड्डी र चप्पल जस्ता अखाद्य सामाग्रीहरुको प्रयोग गरिएको पनि भेटिएको डिएसपी गौतम मिश्र ले दैनिकन्युज पोस्ट सङ्गको कुराकानीमा बताएका छन ।

नेपाल प्रहरी, राजस्व बिभाग , स्थानीय जनप्रतिनिधि ,पत्रकार र स्थानीयप्रहरीले उक्त स्थान बाट मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ तथा भाँडाकुडा बरामद गरेको हो । प्रहरीले उक्त स्थान बाट मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ तथा भाँडाकुडा बरामद गरेको हो । साथै उक्त मदिरा बनाउने स्थल बाट कच्चापदार्थ सङ्गै जुत्ता, मोजा,जनावरका सडेगलेका हड्डी र चप्पल जस्ता अखाद्य सामाग्रीहरुको प्रयोग गरिएको पनि भेटिएको डिएसपी गौतम मिश्र ले दैनिकन्युज पोस्ट सङ्गको कुराकानीमा बताएका छन ।

नेपाल प्रहरी, राजस्व बिभाग , स्थानीय जनप्रतिनिधि ,पत्रकार र स्थानीय बासिन्दा को रोहबरमा उक्त ठूलो परिमाणको मदिरा एकै चोटि नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै