Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगञ्जको सात क्यासिनोमा छापा मार्दा छ जना पक्राउ

२४ जेठ , काठमाडौं । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।

यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइली भन्ने शिवकुमार वढईलाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । उनले नेपालगञ्ज–१८ कारकाँदोस्थित पसलमा समान किन्ने बहानामा गएर ७० वर्षीया लीलावती गुप्तालाई कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको मृत्युपछि वढई फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित छ जना पक्राउ

अवैध लागूऔषध सहित छ जना पक्राउ

गहना लुटपाटमा संलग्न छ जना पक्राउ

Advertisment