२६ पुष , काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल खड्का गाउँस्थित जंगलमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ नयाँपाटी बस्ने ४२ वर्षीय रविन्द्र बिष्ट लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ७ सय ९० रूपैयाँ र २ वटा ओखर सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



