Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जाको वालिङबाट प्रहरीले लागुओषधसहित एकजना युवकलाई पक्राउ

काठमाडौँ । प्रहरीले स्याङ्जाबाट लागुओषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१० घर भएका २३ वर्षीय अजय नेपाली छन् ।

वालिङ नगरपालिका–९ स्थित भकुण्डेबाट पक्राउ गरिएका अजयको साथबाट ४९ एम्पुल नुर्फिन, ४९ एम्पुल डाइजेपाम र सोही परिमाणमा फेनारगन बरामद गरिएको जिप्रका स्याङ्जाका डिएसपी इन्द्र बहादुर रानाले बताए ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै