Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीमाथि कुटपिट गरेको आरोपमा संखुवासभाबाट ३ जना पक्राउ

संखुवासभा । प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन नगरपालिका-७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल रहेका छन् ।

 

उनीहरुले इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेका थिए । हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र बानामा उपचार हुन नसकेपछि उनलाई संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ । बिहीबारे बजारमा मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरी टोली खटिएको थियो ।

पक्राउ परेका तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै