Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

१३ फागुन , ललितपुर । ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ६ सय ५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै