Comments Add Comment

Advertisment

SKIP THIS

कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२७ जेठ , काठमाडौं । कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै