Comments Add Comment

Advertisment

SKIP THIS

आउँदो निर्वाचनमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था

१४ कार्तिक , काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । माओवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने जनाएको छ ।

आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरूले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिने जनाएको छ । ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

सरकारी तलब स्केलअनुसार मजदुर तथा श्रमिकहरूको ज्याला स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली लागु गर्ने, सामाजिक सुरक्षा कोषमा राज्यको तर्फबाट गरिने लगानी वृद्धि गर्दै लैजाने, श्रमिकहरूको जीवनयापनलाई सहज तुल्याउन नमुनाको रूपमा केही कार्यस्थलमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै