Comments Add Comment

Advertisment

SKIP THIS

आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड : प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि सी

२१ असार ,काठमाडौं । आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड दिईने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी ले बताउनु भएको छ ।

 

१ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा आज दिउँसो भएको सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा वाहाँले उक्त कुरा बताउनु भएको हो ।

आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिईने पनी वहाँले बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका बिबिध जिज्ञासाहरुको सम्बोधन गर्नुहुँदै वाँहाले विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथ लागी पर्दे, प्रहरी कति पनी बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रही रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्ने समेत वाहाँले जानकारी दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट १ नं प्रदेशका जनताहरुलाई प्रत्याभुत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा बिशेष जोड दिनु भयो ।

सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाढी बढ्ने पनी वाहाँले प्रस्ट पार्नु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment