Comments Add Comment

काठमाडौँ उपत्यकामा एकै दिन २ हजार सवारी चालकमाथि कारबाही

१९ असार , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ ।

उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार बाईँमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै