Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा लागु औषधविरुद्ध प्रहरीको अहिलेसम्मकै ठुलो अपरेशन

१ असार , काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरोले सम्भवत अहिलेसम्मकै ठुलो अपरेशन चलाएको छ । जेठ २९ मा ब्यूरोले १६ केजी लागु औषधसहित २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मुरिल नसाम्बा र थान डेकीले सिबिसी छन् ।

समाचार तयार गर्दासम्म ब्यूरोको अपरेशन जारी छ । आइतबारदेखि जारी अपरेशनमा ५१ किलोभन्दा बढी सेतो हेरोइन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा ब्यूरोका अधिकारीहरुले सोमबार फेरी ८ किलो सेतो हेरोइन बरामद गरेका थिए । ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला खानिसिलि थभोनी थाबालाला पक्राउ परेकी छन् । दक्षिण अफ्रिकाबाट दुवई हुँदै काठमाडौं ल्याइएको सो लागुऔषध शुरुमा ‘कोकिन’ भनिएपनि परीक्षण गर्दा सेतो हेरोइन पुष्टि भएको व्यूरोका एकजना अधिकृतले जानकारी दिए ।

चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलोभन्दा बढी सेतो हेरोइन बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार बरामद सबै लागु औषधको ल्याब रिपोर्ट आइसकेको छैन । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो । लागुऔषध लिएर फरक फरक समयमा काठमाडौं ओर्लिएका ७ जना दक्षिण अफ्रिकन महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरु मध्ये दुईजना नेपाल आउजाउ गरिरहन्थे । बाँकी ५ जना पहिलोपटक नेपाल आएका ब्यूरोका एकजना अधिकृतले बताए । २०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बियन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो ।

अहिले बरामद गरिएको सेतो हेरोइन कारबोरीसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग् कनेक्सन देखिएको छ । ब्युरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो । सुटकेशमा फल्स बटना बनाएर काठमाडौं सम्म ल्याएको सो सेतो हेरोइनको अवैध बजार मूल्य १४ करोड रहेको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै