२६ माघ , काठमाडौं । सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएका र चोरी भएका ६ वटा मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।
प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाई ६ वटा मोटरसाइकल हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा फेला परेका हुन् ।
चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर २२० सीसी भन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।







